दफा २५
बिधायनको प्रकाशन
(१) ऐन वा अध्यादेश प्रमाणीकरण भएपछि प्रमाणीकरण भएको मितिमा नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।
(२) उपदफा (१) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्न पठाइएको ऐन वा अध्यादेश त्यसरी प्रकाशन गर्न पठाइएको दुई दिनभित्र कानून मन्त्रालयको वेबसाइटमा राखिनेछ ।
(३) नेपाल सरकार वा: संवैधानिक निकायबाट जारी गरिने नियमावली वा गठन आदेश नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।
(४) उपदफा (३) बमोजिमका नियमावली वा गठन आदेश बाहेक अन्य -प्रत्यायोजित विधायन प्रचलित कानून बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्ने भएमा वा नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशन गर्ने गरी निर्णय गरेकोमा त्यस्तो प्रत्यायोजित विधायन नेपाल सरकारबाट स्वीकृत भएपछि नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
(५) कानून मन्त्रालयले तोकेको निकायले नेपाल राजपत्रमा प्रकाशन भएको सूचनाको आधारमा नेपालको संविधान, ऐन, नियमावली तथा अन्य प्रत्यायोजित विधायनलाई एकीकृत रूपमा वा विषयगत संग्रह वा फुटकर पुस्तकको रूपमा प्रकाशन गरी बिक्री वितरणको व्यवस्था मिलाउनेछ।
(६) सम्बन्धित मन्त्रालय वा अन्य निकायले नेपाल राजपत्रमा प्रकाशरश भएको सूचनाको आधारमा आफूसँग सम्बन्धित ऐन, नियमावली तथा अन्य प्रत्यायोजित विधायन आफ्नो वेबसाइटमा राख्र सक्नेछन्।
(७) यस दफा बमोजिम विधायनको प्रकाशन गर्दा त्यस्तो विधायन प्रमाणीकरण वा स्वीकृत हुँदा प्रयोग भएको कागज, फन्ट वा आकारभन्दा फरक कांगज, फन्ट वा आकारमा प्रकाशन गर्न बाधा पर्ने छैन।
(८) उपदफा (५) वा (७). बमोजिम विधायनको प्रकाशन गर्दा पुस्तकको रूपमा प्रकाशन गर्ने भएमा देहायको विवरण देहाय बमोजिम खुलाउनु पर्नेछः-
(क) पुस्तकको बाहिरी पृष्ठ (कभर पेज) पछिको पहिलो भित्री पृष्ठमा कुन मितिसम्ममा भएका संशोधन मिलाई अद्यावधिक गरिएको हो, सो व्यहोरा,
(ख) ऐन प्रकाशन गर्दा प्रत्येक ऐनको लामो नामभन्दा अघि त्यस्तो ऐन प्रमाणीकरण भएको -र नेपाल राजपत्रमा प्रकाशन भएको मिति र त्यस्तो ऐनलाई संशोधन गर्ने ऐनको नाम, प्रमाणीकरण भएको र नेपाल राजपत्रमा प्रकाशन भएको मिति,
(ग) कुनै ऐन वा प्रत्यायोजित विधायन प्रारम्भ हुने गरी तोक्ने वा सूचना निकाल्ने व्यवस्था भएकोमा त्यस्तो सूचनाबाट तोकिएको वा सूचना प्रकाशन भएको मिति पाद टिप्पणी (फुटनोट) मा जनाउने,
(घ) अनुसूची वा त्यस्तै अन्य कुनै व्यवस्था नेपाल राजपत्रमा सूचना प्रकाशन गरी हेरफेर गर्न सक्ने वा थपघट गर्न सक्ने : अधिकार प्रत्यायोजन भएकोमा सो अधिकार बमोजिम हेरफेर वा थपघट गरिएको अद्यावधिक विवरण, र
(ङ) कुनै कानूनको व्यवस्था सर्वोच्च अदालतबाट अमान्य वा बदर ८ गरिएको भएमा त्यस्तो व्यवस्था अमान्यर बदर गर्ने मुद्दाको नाम, आदेश मिति,; पक्ष विपक्षको नाम, नेपाल कानून पत्रिकामा प्रकाशित भएको भए सोको वर्ष र अङ्क तथा निर्णय नम्बर।
(९) कुनै विधायन वेबसाइटमा प्रकाशन गर्दा हरेक विधायनको पहिलो पृष्ठमा कुन मितिसम्म भएका संशोधन अद्यावधिक गरिएको _हो,-सो व्यहोरा र प्रकाशन गर्ने मन्त्रालय वा निकायको नाम समेत उल्लेख गर्नु पर्नेछ।